Premier Cables

समाचार

आज मनोहरा बस्ती हटाइंदै

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख १३, २०८३  | बिहान ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले आज (वैशाख १३) पनि काठमाडौं उपत्यकाका सुकुम्वासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिएको छ। मनोहरालगायत विभिन्न क्षेत्रमा रहेका बस्तीहरू भत्काउने तयारी गरिएको छ।

काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी विष्णु जोशीका अनुसार बिहान ९ बजेदेखि डोजर प्रयोग गरेर संरचना हटाउने कार्य सुरु गरिनेछ। सो क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

विज्ञापन

यसअघि शनिबार (वैशाख १२) थापाथली र गैरीगाउँका सुकुम्वासी बस्ती खाली गरिएका थिए। कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक तथा वडा नम्बर ९ स्थित मनोहरा टोलका बस्तीहरू पनि शनिबार नै हटाउने योजना भए पनि सो कार्य स्थगित गरिएको थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka