Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ईरानी टोली पाकिस्तान पुग्यो, के फेरि वार्ता होला ?

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख १२, २०८३  | बिहान ११:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इस्लामावाद। इरानका विदेशमन्त्री अब्बास अराघची प्रतिनिधिमण्डलसहित पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको जानकारी दिएको हो।

बिज्ञापन

तर विज्ञप्तिमा इरान र अमेरिकाबिच वार्ता हुने कुरा उल्लेख गरिएको छैन।

बरु यसअघि इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अराघचीले इस्लामाबाद भ्रमण गर्ने क्रममा इरान र अमेरिकाबिच कुनै बैठकको योजना छैन।’

यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ताले ‘इरानको प्रस्ताव पाकिस्तानलाई बुझाइने’ बताएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल आज इस्लामाबाद आइपुगेको छ। उनलाई उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दार, फिल्ड मार्सल असिम मुनिर र अन्य वरिष्ठ अधिकारीले स्वागत गरे।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इरानका विदेशमन्त्रीले पाकिस्तानका वरिष्ठ नेतृत्वसँग भेटघाट गर्नेछन्। भेटवार्तामा मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थाका साथै क्षेत्रीय शान्ति र स्थिरताका लागि जारी प्रयासहरूको बारेमा छलफल गर्नेछन्।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka