Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

गल्फ अफ ओमानमा अमेरिकी कारबाही: इरानी जहाज नियन्त्रणमा, तनाव चुलियो

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | बिहान ८:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी सेनाले गल्फ अफ ओमान नजिक एक इरानी पानीजहाज नियन्त्रणमा लिएको जनाएको छ। अमेरिकाले लगाएको नाकाबन्दी उल्लंघन गर्न खोजेको आरोपमा उक्त जहाजमाथि गोली प्रहार गर्दै नियन्त्रणमा लिइएको बताइएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी झन्डा बोकेको ‘टुस्का’ नामक जहाज इरानतर्फ अघि बढिरहेका बेला नियन्त्रणमा लिइएको हो। चालकदलले पटकपटक दिइएको चेतावनी नमानेपछि करिब ६ घण्टापछि अमेरिकी विध्वंशक जहाजले इन्जिन रुम खाली गर्न निर्देशन दिएको जनाएको छ।

बिज्ञापन

नियन्त्रणमा लिएपछि जहाजको इन्जिन रुममा गोली प्रहार गरी त्यसलाई निष्क्रिय बनाइएको सेन्ट्रल कमान्डले उल्लेख गरेको छ। अमेरिकाले इरानी बन्दरगाह वरिपरि नाकाबन्दी सुरु गरेयता हालसम्म २५ वटा जहाज फर्काइएको पनि जनाएको छ।

उता, इरानले यस घटनाको कडा विरोध जनाएको छ। सामाजिक सञ्जालमार्फत इरानी सेनाले चाँडै जवाफ दिने चेतावनी दिएको छ। इरानी सरकारी प्रसारक आईआरआईबीले यस घटनालाई ‘समुद्री डकैती’ को संज्ञा दिँदै युद्धविराम उल्लंघन भएको आरोप लगाएको छ।

इरानका अनुसार अमेरिकी पक्षले जहाजका नेभिगेसन उपकरण नष्ट गर्नुका साथै डेकमा सैनिक परिचालन गरेर आक्रामक कदम चालेको छ। साथै, इरानका सशस्त्र बलहरूले यस घटनाको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa