Premier Cables
Premier Steel

राजनीति

कांग्रेसभित्र एकता कायम गर्ने जिम्मा सभापतिमाथि

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | साँझ ४:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले पार्टी एकता कायम राख्ने वा नराख्ने मुख्य जिम्मेवारी सभापतिमाथि आएको निष्कर्ष निकालेको छ। आइतबार बिहान डा. कोइरालाको निवासमा बसेको बैठकले पछिल्लो परिस्थितिमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय पनि गरेको छ।

बैठकमा निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, निवर्तमान सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे लगायत १४ जना केन्द्रीय नेताहरू सहभागी थिए। बैठकपछि सहमहामन्त्री परियारले समूहले सर्वोच्च अदालतको निर्णयलाई मान्दै अघि बढ्ने सहमति गरेको जानकारी दिए।

बिज्ञापन

भेलाले दुई मुख्य निष्कर्ष सार्वजनिक गरेको छ। पहिलो, विशेष महाधिवेशनका विषयमा पार्टीभित्र फरक–फरक धारणा रहे पनि सहमति कायम गर्ने प्रयास हुँदै आएको उल्लेख गर्दै अब सर्वोच्च अदालतको निर्णयपछि नयाँ अवस्था सिर्जना भएको ठहर गरिएको छ। यस्तो अवस्थामा अदालतप्रति सम्मान जनाउँदै पार्टीलाई अझ एकताबद्ध बनाउनु सबैको दायित्व भएको बैठकले जनाएको छ।

दोस्रो, वर्तमान अवस्थामा पार्टीभित्र व्यापक हित, एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। यसमा केन्द्रीय कार्यसमिति र सभापतिको भूमिका अझ महत्वपूर्ण हुने पनि बैठकको निष्कर्ष छ।

समूहले आगामी चुनौतीहरू सामना गर्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार र प्रतिबद्ध बन्न आह्वान समेत गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka