Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

होर्मुजमा तनाव कायमै, बढ्दै विश्वव्यापी असर

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | बिहान ११:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इरान र अमेरिका बीचको तनाव झन् तीव्र बनेको छ। इरानले अमेरिकामाथि पूर्ण अविश्वास जनाउँदै होर्मुज स्ट्रेट बाट आफ्ना जहाजहरू अवरुद्ध भए अन्य कुनै देशका जहाजलाई पनि आवतजावत गर्न नदिने चेतावनी दिएको छ।
शनिबार इरानले स्ट्रेट पुनः बन्द गर्नुका साथै एक भारतीय जहाजमाथि गोली चलाएको जनाएको छ, जसले विश्व आपूर्ति शृङ्खलामा गम्भीर असर पार्ने संकेत गरेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ ले अमेरिकी नाकाबन्दीलाई ‘गलत’ भन्दै जुनसुकै बेला अवस्था झन् बिग्रन सक्ने बताएका छन्। उनले इरानी सेना पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै होर्मुज क्षेत्रमा बारुदी सुरुङ हटाउने कुनै प्रयासलाई युद्धविराम उल्लङ्घन ठहर गरी कडा जवाफ दिइने चेतावनी दिएका छन्। साथै, उनले अमेरिका सैन्य रूपमा शक्तिशाली भए पनि रणनीतिक रूपमा इरानभन्दा कमजोर रहेको दाबी गर्दै इजरायल को हितमा मात्र निर्णय लिने गरेको आरोप लगाए।

बिज्ञापन

यसैबीच, अमेरिकी गुप्तचर निकाय र न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, युद्धको अवस्था भए पनि इरानको सैन्य क्षमता अझै उल्लेखनीय रूपमा सुरक्षित रहेको छ। रिपोर्टले इरानसँग युद्धअघिको करिब ७० प्रतिशत ब्यालेस्टिक मिसाइल, ६० प्रतिशत मिसाइल लन्चर र ४० प्रतिशत ड्रोन भण्डार बाँकी रहेको जनाएको छ।

इरानले अस्पतालहरूमा भएको अमेरिकी र इजरायली आक्रमणबाट भएको क्षति देखाउने नयाँ भिडियो सार्वजनिक गर्दै विरोधसमेत जनाएको छ। अमेरिकामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै इरानले पुनः होर्मुज स्ट्रेट बन्द गरेको बताइएको छ।

विश्वव्यापी प्रभाव

होर्मुज स्ट्रेट बन्द भएपछि यसको असर विश्वभर देखिन थालेको छ। विशेषगरी बङ्गलादेश मा इन्धन आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ। ९५ प्रतिशत इन्धन आयातमा निर्भर बङ्गलादेशमा पेट्रोल पम्पहरूमा लामो लाइन लाग्ने गरेको छ। ऊर्जा बचत गर्न सरकारले विश्वविद्यालयहरू बन्द गर्नुका साथै कार्यालय समयसमेत घटाएको छ।

विश्वव्यापी आपूर्ति संकट कम गर्न अमेरिकाले आफ्नो आपत्कालीन तेल भण्डारबाट २ करोड ६० लाख ब्यारेल तेल बजारमा उपलब्ध गराएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa