Premier Cables
Premier Steel

विराटनगर शिक्षा

विराटनगरमा ‘लिडर्स छात्रवृत्ति २०८२’ घोषणा, कसले पाउँछ ?

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | साँझ ४:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लाका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई उच्च शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरमा ‘लिडर्स छात्रवृत्ति २०८२’ को घोषणा गरिएको छ। अचिभर्स कन्सल्टिङ सर्भिसेज प्रा.लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो छात्रवृत्ति कार्यक्रम ल्याएको हो।

विराटनगरका प्रतिष्ठित कलेजहरूमा कक्षा ११ र १२ अध्ययनका लागि प्रदान गरिने यो पूर्ण छात्रवृत्ति कुल ५ जना विद्यार्थीले प्राप्त गर्नेछन्। कन्सल्टिङका अनुसार छात्रवृत्तिलाई निम्न तीन श्रेणीमा विभाजन गरिएको छ।

बिज्ञापन

सामान्य विधा : २ जना (महिला/पुरुष), गरिब तथा जेहेन्दार विधा : २ जना (महिला/पुरुष), अपाङ्गता भएका विद्यार्थी : १ जना (महिला/पुरुष) लाई अवसर प्रदान गरिनेछन।

यस छात्रवृत्तिमा सहभागी हुनका लागि विद्यार्थीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई ) मा सहभागी भएको हुनुपर्नेछ। साथै, आवेदक मोरङ जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य सर्त राखिएको छ।

इच्छुक विद्यार्थीले २०८२ वैशाख १५ गतेभित्र आवेदन फारम भरिसक्नुपर्नेछ। आवेदनका साथमा (एस.ई.ई ) प्रवेश पत्र , नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइज फोटो र सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र बुझाउनुपर्नेछ। गरिब तथा जेहेन्दार र अपाङ्गता कोटामा आवेदन दिनेहरूका लागि थप आधिकारिक सिफारिस पत्र आवश्यक पर्ने संस्थाले जनाएको छ।

छात्रवृत्तिका लागि छनौट परीक्षा प्रक्रिया अन्तर्गत हुनेछ यहि २०८२ वैशाख १८ गते विराटनगरको संसारीमाइ स्थानस्थित अर्किड कलेज मा सञ्चालन हुनेछ।

फारम वितरण र थप जानकारीका लागि विराटनगर-९, जहदा रोडस्थित अचिभर्स कन्सल्टिङ सर्भिसेजको कार्यालय वा फोन नम्बर ९७०९०२५६७३ र ९७०९०२५७५८ मा सम्पर्क गर्न सकिनेछ। संस्थाको आधिकारिक वेबसाइट www.acsnepal.com.np बाट पनि थप विवरण लिन सकिने आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka