Premier Cables
Premier Steel

राजनीति

पेट्रोलियम पदार्थको मूल्य घटाउन कर पुनरावलोकन गर्न कांग्रेसको माग

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | राती ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै नेपाली कांग्रेसले त्यसलाई घटाउन सरकारसँग माग गरेको छ। मूल्य नियन्त्रणका लागि करका दरहरू समग्र रूपमा पुनरावलोकन गर्नुपर्ने कांग्रेसको सुझाव छ।

वैशाख २ र ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा हालको परिस्थितिमा कर संरचनामा सुधार गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

बिज्ञापन

साथै, कांग्रेसले भन्सार शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकका अन्य करहरू केही समयका लागि हटाउने वा न्यून गर्ने नीति अवलम्बन गर्न पनि सरकारलाई आग्रह गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka