Premier Cables

राजनीति

समानान्तर गतिविधिले कांग्रेस फुटको संघारमा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ०२, २०८३  | साँझ ५:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का ले नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरीका कारण पार्टी विभाजनतर्फ उन्मुख भएको बताएका छन्। शनिबार कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले सानेपास्थित नेतृत्व र जिल्ला–तहका कार्यकर्ताबीच ठूलो दूरी सिर्जना भएको उल्लेख गर्दै नेतृत्वमा अहंकार, स्वार्थ र पारिवारिक हित हाबी भएको आरोप लगाए।

विज्ञापन

खड्काले कार्यकर्तासँग खुला संवाद गर्दै कमजोरी स्वीकार गरी सुधारको बाटो अपनाउनुपर्नेमा जोड दिए। अनुशासन र कारबाहीका नाममा कार्यकर्तालाई तर्साउने प्रवृत्ति बढेको भन्दै उनले भोट नदिएको आधारमा कारबाही गर्नु गलत भएको धारणा पनि राखे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka