Premier Cables
Premier Steel

समाचार

गायिका आशा भोस्ले अन्त्येष्टि आज

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ३०, २०८२  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोसले को आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । मुम्बईको शिवाजी पार्क मा पूर्ण राजकीय सम्मानका साथ उनको अन्त्येष्टि हुने जनाइएको छ ।

आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो । उनका छोरा आनन्द भोसले ले जानकारी दिँदै अप्रिल १२ मा बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म ‘कसा ग्रान्डे’ भवनमा पुगेर अन्तिम श्रद्धाञ्जली दिन सकिने बताएका छन् ।

बिज्ञापन

उनका अनुसार अन्तिम संस्कार दिउँसो ४ बजे गरिनेछ । “ठूलो भीड हुन सक्ने भएकाले अनावश्यक भीडभाड नगर्न सबैमा अनुरोध गर्दछु,” उनले भने ।

शनिबार साँझ हृदयघात भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल मा भर्ना गरिएको थियो । आइतबार उपचारकै क्रममा उनको निधन भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka