Premier Cables
Premier Steel

समाचार

चन्द्र मिसनबाट फर्कियो आर्टेमिस टोली

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २८, २०८२  | अपराह्न १:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यान आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरू सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्।

आफ्नो १०-दिने मिसन सफलतापूर्वक पूरा गर्दै आर्टेमिस–२ को टोली शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियास्थित सान डिएगो नजिकको प्रशान्त महासागरमा अवतरण गरेको हो।

बिज्ञापन

टोलीले वायुमण्डलमा पुनः प्रवेश गर्नुअघि ६ मिनेटको सञ्चार अवरोध खेपेको थियो। अवतरणपछि उक्त मिसनका कमान्डर रीड वाइजम्यानले आफ्नो टोली स्वस्थ रहेको बताए।

यात्राका क्रममा आर्टेमिस–२ टोलीले चन्द्रमाको अर्को पाटोलाई करिब ६ हजार किलोमिटर नजिकबाट प्रत्यक्ष अवलोकन गरेको थियो।

बिहीबार अमेरिकी वैज्ञानिक अनुसन्धान संस्था नासाको ‘आर्टेमिस दोस्रो मिसन’ अन्तर्गत फ्लोरिडाबाट चार जना अन्तरिक्ष यात्री अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए। ५४ वर्षपछि मानिसहरू चन्द्रमाको वरिपरि पुगेका हुन्।

यस पटक उनीहरूले मानव जाति पृथ्वीबाट सबैभन्दा टाढा पुगेको नयाँ कीर्तिमान पनि कायम गरे। चन्द्रमाको अँध्यारो र अत्यधिक चिसो दक्षिणी ध्रुवीय क्षेत्र (फार साइड अफ द मुन) मा पुग्दा आर्टेमिस–२ चन्द्र अभियानको पृथ्वीसँग पूर्ण रूपमा सम्पर्क टुटेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka