Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

आर्टेमिसका अन्तरिक्ष यात्रीले खिचेको पृथ्वीको नयाँ फोटो सार्वजनिक

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २१, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नासाको को आर्टेमिस-२ अभियानअन्तर्गत चन्द्रमातर्फ गइरहेका अन्तरिक्षयात्रीहरूले खिचेको पृथ्वीको आकर्षक तस्बिर सार्वजनिक गरिएको छ।

करिब १ लाख ५० हजार किलोमिटर टाढाबाट कैद गरिएको उक्त तस्बिर मिसन कमान्डर रेडी वाइजमेनले खिचेका हुन्, जसलाई नासाले सार्वजनिक गरेको हो।

बिज्ञापन

नासाका अनुसार हाल तीन अमेरिकी र एक क्यानेडियन सदस्यसहितको टोली पृथ्वीबाट करिब १ लाख ८० हजार किलोमिटर दूरी पार गर्दै यात्राको आधा भाग नजिक पुगेको छ।

टोलीले अझै करिब २ लाख ४० हजार किलोमिटर यात्रा तय गरेपछि चन्द्रमा पुग्नेछ, र अप्रिल ६ मा त्यहाँ पुग्ने अपेक्षा गरिएको छ। सन् १९७२ पछि पहिलोपटक मानवलाई चन्द्रमासम्म पुर्‍याउने प्रयासका रूपमा यो अभियानलाई हेरिएको छ।

यद्यपि, आर्टेमिस-२ अन्तर्गतका अन्तरिक्षयात्रीहरूले चन्द्रमामा अवतरण भने गर्ने छैनन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka