Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

लेबनानमा भिषण आक्रमण, २५० जनाको मृत्यु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र २६, २०८२  | बिहान ८:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इजरायलले लेबनानमा हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ, जसमा २५० भन्दा बढी मानिसको ज्यान गएको छ। हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता यो इजरायलको सबैभन्दा घातक हमला मानिएको छ।

बुधबार भएको यस आक्रमणमा २५४ जनाको मृत्यु भएको र १ हजार १०० भन्दा बढी घाइते भएका छन्। लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले यस्तो जनाएको हो। यद्यपि, स्वास्थ्य मन्त्रालयले देशभर १८२ जनाको मृत्यु पुष्टि गरेको छ र यो तथ्यांक अन्तिम नभएको बताएको छ।

बिज्ञापन

राजधानी बेरुतमा मात्र ९१ जनाको ज्यान गएको छ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस घटनालाई ‘अविश्वसनीय र भयावह नरसंहार’ भन्दै कडा प्रतिक्रिया दिएका छन्।

बुधबार दिउँसो लगातार पाँच पटक ठूला विस्फोट हुँदा आकाशमा धुवाँका मुस्लाहरू देखिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa