Premier Cables
Premier Steel

समाचार

ओली र लेखकको सम्बन्धमा बिहीबारसम्म अनुसन्धान सक्ने आदेश

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र २३, २०८२  | साँझ ७:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध २६ गतेभित्र अनुसन्धान पूरा गर्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको हो। तर अदालतले २६ चैत (बिहीबार) भित्र अनुसन्धान सम्पन्न नभए थुनामुक्त गर्नुपर्ने निर्देश दिएको छ।

बिज्ञापन

सर्वोच्चले फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी उनीहरूलाई हिरासतबाट मुक्त गरेर थप अनुसन्धान गर्न पनि भनेको छ।

भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नगरेको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए। प्रहरीले ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंको अनुमतिमा उनीहरूलाई थुनामा राख्दै आएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa