Premier Cables
Premier Steel

राजनीति

जेनजी आन्दोलन: आयोग ओली-लेखकको बयान लिने तयारीमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | बिहान १०:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिनका लागि गठन गरिएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको जनाएको छ।

आयोगका अनुसार हालसम्म आधाभन्दा बढी काम पूरा भइसकेको छ र अब हुने बयानका आधारमा ओली र लेखकलाई पठाइने छानबिन पत्र तय गरिनेछ।

बिज्ञापन

सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो। आयोगले हालसम्म मुख्यसचिव एकनारायण अर्यालदेखि प्रहरीका डीआईजीस्तरसम्मका अधिकारीहरूको बयान लिइसकेको छ।

उच्च स्रोतका अनुसार आयोगले नेपाली सेनालाई पनि लिखित रूपमा जानकारी मागेको छ। आयोगका एक अधिकारी स्वयं सेनाको मुख्यालय पुगेका र लिखित प्रश्नावली बुझाएको बताइएको छ।

आयोग अध्यक्ष कार्कीले तत्कालीन उपत्यका प्रमुख (हालका आईजीपी), तत्कालीन प्रहरी महानिरीक्षक, र तत्कालीन सचिवलगायत शीर्ष अधिकारीहरूको बयान लिने काम बाँकी रहेको बताए। यी बयान सकिएपछि मात्र ओली र लेखकका लागि प्रश्नावली तयार पारिनेछ। आयोगले सम्भवतः एक साताभित्र बयान प्रक्रिया सक्नेछ।

“त्यसबेला सुरक्षा निकायका प्रमुखदेखि गृहसचिवसम्मका उच्च अधिकारीको बयान लिन बाँकी छ,” अध्यक्ष कार्कीले भने, “ती बयानका आधारमा आदेश कसले दियो भन्ने स्पष्ट भएपछि मात्रै प्रश्नावली तयार पारेर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाइनेछ।”

आयोगले जेनजी आन्दोलनका घाइते तथा प्रभावितहरूसँग पनि भेटघाट गरी जानकारी संकलन गर्ने तयारी गरेको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa