Premier Cables
Premier Steel

राजनीति

कांग्रेसलाई एकढिक्का राख्न सक्रिय बने डा. शेखर

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २१, २०८२  | अपराह्न ३:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले आफू कुनै पनि गुट वा पक्षसँग आबद्ध नरहेको स्पष्ट पारे। सामाजिक सञ्जालमा आफूलाई विभिन्न समूहसँग जोडेर गरिएको प्रचारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले आफ्नो मुख्य उद्देश्य विभाजित कांग्रेसलाई एक ठाउँमा ल्याउनु भएको बताए। उनले भने, “कांग्रेसलाई एकढिक्का बनाउन म अन्तिमसम्म लागिरहनेछु, म कुनै पनि समूहमा छैन।”

बिज्ञापन

यद्यपि, पार्टीभित्र उनको भूमिका भने केही मिश्रित देखिँदै आएको छ। प्रारम्भमा विशेष महाधिवेशनको पक्षमा नरहेका कोइराला पछि सभापति पदका लागि प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। पराजयपछि पनि उनले संस्थापनइतर समूहको नेतृत्व गर्दै आएका छन् र सोही समूहका बैठकहरूमा सक्रिय रहँदै आएका छन्। व्यवहारमा एक समूहसँग नजिक देखिए पनि सार्वजनिक रूपमा भने उनले आफू स्वतन्त्र रहेको दाबी दोहोर्याउँदै आएका छन्।

कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्न पार्टीभित्र एकता अपरिहार्य रहेको बताए। एकीकृत पार्टीले मात्र जनअपेक्षाअनुसार काम गर्न सक्ने उनको भनाइ थियो।

कार्यक्रममा उनले विपी कोइरालाको नाममा स्थापित अस्पताललाई अझ प्रभावकारी बनाउन अवकाशप्राप्त चिकित्सकहरूको अनुभव र सीपलाई उपयोग गर्नुपर्नेमा पनि जोड दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka