Premier Cables
Premier Steel

कोशी प्रदेश

बुढीगंगामा डा. शेखर कोइरालाको चुनावी अभियान तीव्र, कोणसभामा केन्द्रित

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण १३, २०८२  | बिहान ७:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बुढिगंगा ।  डा. शेखर कोइराला ले आफ्नो चुनावी प्रचार अभियानलाई निरन्तरता दिँदै बुधबार बुढिगंगा क्षेत्रमा दुई स्थानमा कोणसभा गर्ने कार्यक्रम तय गरेका छन्। उनको निजी सचिवालयका अनुसार आजका कार्यक्रमहरू मतदाता भेटघाट र चुनावी सभामा केन्द्रित रहनेछन्।

निर्धारित कार्यक्रमअनुसार बिहान ९:३० बजे बुढिगंगा–५ स्थित हात्ती चोकमा पहिलो कोणसभा आयोजना गरिनेछ। उक्त सभाको समन्वय गुलाबचन्द चौधरीले गर्ने जनाइएको छ।

बिज्ञापन

त्यसैगरी, बिहान १०:३० बजे बुढिगंगा–६ को कोयलपुरमा दोस्रो कोणसभा हुने छ। यस कार्यक्रमको सम्पर्क व्यक्तिका रूपमा दिलिप चौधरी रहेका छन्।

डा. कोइरालाले पछिल्ला दिनहरूमा विभिन्न टोल तथा बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेण्डा प्रस्तुत गरिरहेका छन्। स्थानीय स्तरमा विकास, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै उनले समर्थन जुटाउने प्रयासलाई तीव्र पारेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka