






विराटनगर । कोसी प्रदेश सभाको आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा मुख्यमन्त्रीले जवाफ दिँदै छन् ।
गत सोमबार प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस माथिको छलफल शुक्रबार सकिएको थियो । त्यसमा विपक्षी तथा सत्तासीन दलका सांसदहरुले भाग लिएका थिए ।
बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । त्यसमाथिको छलफल सकिएपछि मुख्यमन्त्रीले सरकारका तर्फबाट जवाफ दिन लागेका हुन ।
नीति तथा कार्यक्रममाथि प्राप्त हुन आएका संशोधन सुझावहरुमाथि छलफल भई निर्णयार्थ पेश हुने कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यले बताए । सभामा कोसी प्रदेश विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकता पनि पेश हुने कार्यसूची छ ।