Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

होर्मुज जलघाँटी किन कब्जा गर्न चाहन्छन् डोनाल्ड ट्रम्प ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १७, २०८२  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पश्चिम एसियामा एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित नयाँ रणनीति सार्वजनिक भएको छ । उक्त रणनीतिअनुसार अमेरिका होर्मुज जलमार्गमा आफ्नो प्रभाव पुनः स्थापित गर्ने तयारीमा रहेको जनाइएको छ ।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले फक्स न्युजसँगको अन्तर्वार्तामा निकट भविष्यमा अमेरिकी जहाजहरू वा बहुराष्ट्रिय संयुक्त नौसैनिक बलमार्फत ‘स्ट्रेट अफ होर्मुज’ मा प्रभावकारी नियन्त्रण कायम गरिने बताएका छन् ।

बिज्ञापन

उनले हाल केही देशहरूले इरानसँग समन्वय गरी आफ्ना जहाजहरू उक्त मार्ग हुँदै सञ्चालन गरिरहेको उल्लेख गर्दै क्रमशः अमेरिकाले पूर्ण नियन्त्रण लिने र सुरक्षित आवागमन सुनिश्चित गर्ने दाबी गरे । उनका अनुसार अहिले तेल आपूर्ति सन्तुलित रहे पनि दीर्घकालमा अमेरिकाले यस जलमार्गमा आफ्नो पकड बलियो बनाउनेछ ।

पश्चिम एसियामा जारी तनावका कारण होर्मुज जलमार्गबारे विश्वव्यापी चिन्ता बढिरहेका बेला यस्तो अभिव्यक्ति आएको हो । विश्वको करिब एक–पाँचौँ तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यहाँको अवस्था अन्तर्राष्ट्रिय ऊर्जा बजारका लागि अत्यन्त संवेदनशील मानिन्छ ।

यता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एबीसी न्युजसँगको अन्तर्वार्तामा इरानको नौसेना तथा रक्षा क्षमतामा उल्लेखनीय क्षति पुर्‍याइएको दाबी गरेका छन् । उनले ट्रम्प प्रशासनले इरानलाई खाडी क्षेत्रमा दीर्घकालीन प्रभाव जमाउन नदिने नीति लिएको र केही हप्ताभित्रै रणनीतिक लक्ष्य हासिल हुने बताए ।

रुबियोका अनुसार अमेरिका इरानको नौसेना, मिसाइल प्रक्षेपण प्रणाली तथा रक्षा उद्योगलाई कमजोर बनाउने अभियानमा छ, ताकि भविष्यमा नयाँ मिसाइल वा ड्रोन विकास क्षमतामा कमी आओस् । उनले इरानले जलमार्ग नियन्त्रण गर्ने प्रयास गरे त्यसलाई रोक्न अमेरिका तयार रहेको पनि स्पष्ट पारे ।

तर, इरानले अमेरिकी दाबीलाई अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर क्यानानी बगहेईले अमेरिकाको कूटनीतिक अभिव्यक्तिलाई अविश्वसनीय भन्दै वासिङ्टनले बारम्बार आफ्नो अडान परिवर्तन गर्ने गरेको आरोप लगाए । उनले इरानले भने सधैँ स्पष्ट र स्थिर नीति अपनाएको दाबी गरे ।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आयोजना गरेको चारदेशीय बैठकमा इरान अनुपस्थित रह्यो । यी घटनाक्रमबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीचको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको संकेत दिएका छन् ।

तर, उनले छिट्टै सहमति नभए र होर्मुज जलमार्ग खुला नरहे अमेरिकाले इरानका विद्युत् केन्द्र, तेलका कुवा तथा खार्ग टापुजस्ता रणनीतिक संरचनामाथि कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka