Premier Cables
Premier Steel

समाचार

प्रधानमन्त्री बालेनसंगको छलफल हर्क साम्पाङले गरे बहिष्कार

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र १६, २०८२  | अपराह्न ३:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोसी प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। सोमबार उनले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई बोलाएर उक्त छलफल आयोजना गरेका हुन्।

छलफलमा एमालेका सांसद सुहाङ नेम्वाङ र राजेन्द्रकुमार राई सहभागी भएका थिए। कोसी प्रदेशसँगको बैठकपछि बालेनले कर्णाली प्रदेशबाट निर्वाचित राप्रपा सांसद ज्ञानेन्द्र शाहीसहित अन्य सांसदहरूसँग पनि छलफल गरेका छन्।

बिज्ञापन

यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहितका सांसदहरू भने बैठकमा सहभागी भएनन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीसँगको छलफलमा नजाने जानकारी दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बालेनले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध रूपमा छलफल गर्ने कार्यक्रम रहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka