Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा बर्डफ्लुबाट सतर्क रहन प्रशासनको आग्रह

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र ११, २०८२  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लामा बर्ड फ्लु संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङ ले जारी गरेको सूचनाअनुसार सुन्दरहरैंचा नगरपालिका–४, उर्लाबारी नगरपालिका–८, कटहरी गाउँपालिका–६ र विराटनगर महानगरपालिका–४ मा कुखुरापालन फार्महरूमा बर्ड फ्लु पुष्टि भएको हो। उक्त रोग मानिसमा समेत सर्न सक्ने भएकाले प्रभावित क्षेत्र आसपास करिब २०० मिटर क्षेत्रलाई संकटग्रस्त घोषणा गरिएको छ।

बिज्ञापन

प्रशासनले बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार आवश्यक नियन्त्रण कार्य अघि बढाइएको जनाएको छ। साथै, संक्रमित क्षेत्रबाट कुखुरा, अण्डा, दाना तथा अन्य पक्षीजन्य सामग्रीको आयात–निर्यात र ओसारपसारमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ।

जिल्लावासी, कृषक तथा व्यवसायीलाई सतर्क रहन, आवश्यक सहयोग गर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka