Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानमा‘पाँच दिने’ युद्धविराम घोषणा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | बिहान ८:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्व चौथो हप्तामा प्रवेश गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वबीच दाबी–प्रतिदाबीको श्रृंखला तीव्र बनेको छ।

ट्रम्पले इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढेको दाबी गर्दै अस्थायी रूपमा आक्रमण रोक्ने घोषणा गरेका छन्, तर इरानले यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

बिज्ञापन

यसअघि ट्रम्पले होर्मुज जलमार्ग नखोले इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिँदै ४८ घण्टे अल्टिमेटम दिएका थिए। तर सो समयसीमा सकिनै लाग्दा उनले आफ्नो अडान परिवर्तन गर्दै आगामी पाँच दिनसम्म इरानी पावर प्लान्टहरूमा कुनै सैन्य कारबाही नगर्न अमेरिकी रक्षा संयन्त्रलाई निर्देशन दिएका छन्।

ट्रम्पका अनुसार पछिल्ला दुई दिनमा भएको संवाद अत्यन्त फलदायी रहेको छ र वार्ता प्रक्रिया अझै केही दिन जारी रहनेछ।

तर तेहरानको प्रतिक्रिया भने यससँग मेल खाँदैन। इरानले ट्रम्पको दाबीलाई कडा शब्दमा खण्डन गर्दै अमेरिकासँग कुनै पनि प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको स्पष्ट पारेको छ। विदेश मन्त्रालय र सरकारी सञ्चारमाध्यमहरूले पनि यही अडान दोहोर्‍याएका छन्।

यस परिस्थितिमा ट्रम्पको ‘पाँच दिने’ युद्धविराम घोषणा वास्तवमै शान्तिको संकेत हो कि केवल कूटनीतिक रणनीति, भन्ने प्रश्न अझै खुला नै रहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka