Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

डिएगो गार्सिया आधारमा इरानी मिसाइल प्रहारपछि पश्चिमा चकित

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०८, २०८२  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । इजरायल–अमेरिका र इरानबीच जारी युद्धले तीन हप्ता पार गर्दा द्वन्द्व झन् जटिल बन्दै गएको छ। यस अवधिमा युद्धका नयाँ–नयाँ मोर्चा खुलिरहेका छन्।

शुक्रबार बेलायतले अमेरिकालाई हिन्द महासागरस्थित डिएगो गार्सिया सैन्य अड्डाबाट इरानमाथि आक्रमण गर्न अनुमति दिएको थियो। त्यसको जवाफमा इरानले सोही आधारलाई लक्षित गर्दै दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

बिज्ञापन

यद्यपि दागिएका दुवै मिसाइल लक्ष्यसम्म पुग्न नसके पनि इरानको लामो दूरीको मिसाइल क्षमता देखिएपछि अमेरिका र बेलायतमा चिन्ता बढेको छ। करिब ४ हजार किलोमिटर टाढाको सैन्य अड्डालाई लक्षित गरेर प्रहार गरिएको मिसाइलले पश्चिमी देशहरूको अनुमानभन्दा इरानको क्षमता बढी रहेको संकेत गरेको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिका सँग इरानका आक्रमण रोक्न आवश्यक प्रतिरक्षा प्रणाली भए पनि उसका क्षेत्रीय सैन्य अड्डाहरू इरानको पहुँचभित्र पर्ने देखिएको छ। डिएगो गार्सिया एयरबेससमेत इरानको सम्भावित निशानामा पर्न सक्ने तथ्यले पश्चिमी मुलुकहरूलाई थप सतर्क बनाएको छ।

यस घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टार्मरबीच उक्त सैन्य अड्डा प्रयोगबारे देखिएको मतभेदलाई समेत झन् चर्काउने संकेत गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka