Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हेलिकोप्टर खसालेको आरोपपछि अमेरिकाद्वारा इरानमाथि सैन्य आक्रमण

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २७, २०८३  | बिहान ८:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमण सुरु गरिएको घोषणा गरेका छन्। स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानले अमेरिकी हेलिकोप्टर खसालेको आरोप लगाउँदै उनले उक्त घटनाको जवाफस्वरूप अमेरिकी सेनाले कारबाही थालेको बताएका हुन्।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार मंगलबार सुरु गरिएको यो आक्रमण हेलिकोप्टर खसालिएको घटनाप्रतिको प्रतिकारात्मक कदम हो। सेन्टकमले जारी गरेको विज्ञप्तिमा इरानको “अनुचित आक्रामक गतिविधि” विरुद्ध प्रतिक्रिया स्वरूप सैन्य अभियान सञ्चालन गरिएको उल्लेख गरिएको छ।

बिज्ञापन

बीबीसीका अनुसार पर्सियन गल्फको तटीय क्षेत्र तथा स्ट्रेट अफ होर्मुज आसपासका विभिन्न स्थानमा विस्फोट भएका विवरण प्राप्त भएका छन्।

सेन्टकमले दुर्घटनाग्रस्त अमेरिकी अपाचे हेलिकोप्टरका दुई चालक दलका सदस्यलाई अमेरिकी सी ड्रोनमार्फत सुरक्षित उद्धार गरिएको जनाएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै दुवै पाइलट सुरक्षित रहेको जानकारी दिएका छन्। उनले अमेरिकाले आवश्यक ठानेमा थप जवाफ दिन बाध्य हुने पनि बताएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार हेलिकोप्टरमाथिको आक्रमणमा ड्रोन प्रयोग गरिएको थियो। यद्यपि इरानी ड्रोनले जानाजानी हेलिकोप्टरलाई निशाना बनाएको हो वा होइन भन्ने विषय अझै स्पष्ट नभएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएको छ।

घटनाको केही घण्टापछि सेन्टकमले इरानविरुद्ध जवाफी आक्रमण सुरु गरिएको पुष्टि गरेको थियो। अमेरिकी समाचार वेबसाइट एक्सिओसका अनुसार अमेरिकी कारबाही मुख्यतः इरानको रक्षा तथा राडार प्रणालीलाई लक्षित गरी गरिएको हो।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केसम र सिरिकलगायत पर्सियन गल्फ आसपासका क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताएका छन्।

यस घटनापछि इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै आफ्नो देशले कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “युद्धको मैदानमा पराजय व्यहोरेका बाबजुद अमेरिकाले हाम्रो दृढताको परीक्षा लिने विकल्प रोजेको छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa