Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

लेबनानको नेपाली शान्ति मिसन क्याम्पमा मिसाइल आक्रमण, सबै नेपाली सैनिक सुरक्षित

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | बिहान ९:५५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत लेबनानमा तैनाथ नेपाली सेनाको क्याम्प नजिक विस्फोट भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन मुख्यालय रहेको क्षेत्रमा उक्त घटना भएको हो।

शुक्रबार बेलुका भएको घटनामा नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार माइस–अल–जबाल क्षेत्रमा केही विस्फोट भएको भए पनि नेपाली शान्ति सैनिकमा कुनै मानवीय क्षति भएको छैन।

उनले उक्त विस्फोटबाट नजिकैको एक घरमा क्षति पुगेको र नेपाली शान्ति सैनिकका केही व्यक्तिगत सामानमा सामान्य क्षति भएको जानकारी दिए। आक्रमणको समयमा सबै शान्ति सैनिक बंकरभित्र रहेकाले उनीहरू सुरक्षित रहेका हुन्।

लेबनानमा हाल पाँच सयभन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन्। उनीहरूको खटनपटन दक्षिण लेबनानमा रहेको बटालियन मुख्यालयबाट सञ्चालन हुन्छ, जुन इजरायलसँगको सीमाना नजिकै पर्छ। उक्त मुख्यालयको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा रहेका छन्।

आक्रमणको समयमा मुख्यालयमा कति शान्ति सैनिक उपस्थित थिए भन्ने स्पष्ट भइसकेको छैन। सेनाका प्रवक्ता बस्नेतका अनुसार त्यहाँ नियमित रूपमा अदलीबदली र आवतजावत भइरहने भएकाले त्यसबेला उपस्थित संख्या यकिन गर्न सकिएको छैन।

लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले भने इजरायलतर्फबाट प्रहार गरिएको गोला माइस–अल–जबाल सहरस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल अन्तर्गत नेपाली बटालियनको मुख्यालयभित्र खसेको दाबी गरेको छ।

तर आक्रमण कहाँबाट भएको हो भन्ने विषय अझै स्पष्ट नभएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लेबनान भ्रमणमा रहेका बेला उक्त घटना भएको हो। उनले शान्ति सैनिकलाई निशाना बनाइनु अस्वीकार्य भएको भन्दै हाल चर्किएको द्वन्द्व तुरुन्त रोक्न आग्रह गरेका छन्।

गुटेरेसले विश्व समुदायलाई शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेल्न अपिल गर्दै लेबनान, इजरायल तथा अन्य देशका नागरिकले भयमुक्त जीवन जिउने अधिकार रहेको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka