Premier Cables

कोशी प्रदेश

डा. शेखर कोइरालाको चुनावी खर्च २२ लाखभन्दा बढी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २९, २०८२  | साँझ ४:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

निर्वाचन कार्यालय मोरङमा बुझाइएको विवरणअनुसार कोइरालाले चुनावी अभियानमा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च गरेका छन्।

विज्ञापन

विवरण अनुसार सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्री छपाइमा खर्च भएको छ, जसमा १६ लाख ४६ हजार ६०९ रुपैयाँ खर्च गरिएको उल्लेख छ। यस्तै स्टेशनरीमा १ लाख ४ हजार ५०० रुपैयाँ, प्रचार–प्रसार कार्यक्रममा १ लाख १३ हजार रुपैयाँ, टेन्ट व्यवस्थापनमा ४० हजार रुपैयाँ खर्च गरिएको छ।

त्यसैगरी यातायातमा ७९ हजार रुपैयाँ, इन्धनमा १ लाख १६ हजार ३१९ रुपैयाँ, खाजामा ९६ हजार ६६० रुपैयाँ र मसलवन्द शीर्षकमा ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

समग्रमा कोइरालाको चुनावी अभियानमा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको निर्वाचन कार्यालयमा बुझाइएको विवरणमा जनाइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka