Premier Cables
Premier Steel

राजनीति

निर्वाचनको हारको जिम्मेवारी लिन तयार छु: विश्वप्रकाश शर्मा

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | राती ८:०३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले पनि लिन तयार रहेको बताएका छन्।

शनिबार भिडियो वक्तव्य जारी गर्दै उनले नेपाली कांग्रेसको नेतृत्व तहमा रहेका कारण पराजयको जिम्मेवारीको एक हिस्सा आफ्नो काँधमा पनि पर्ने बताए। ‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ,’ उनले भने, ‘त्यसको मात्रात्मक परिणाम हामीले भोग्नैपर्छ। सम्पूर्ण दोष लिनुपर्ने अवस्था आयो भने पनि म लिन तयार छु, हामी तयार छौँ।’

उनले मुलुकको नेतृत्व गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले दिएको जनमत स्वीकार गर्नुपर्ने धारणा पनि व्यक्त गरे। साथै कांग्रेससहितका मूलधारका दलहरूप्रति जनताको विश्वास किन कमजोर हुँदै गयो भन्ने विषयमा गम्भीर समीक्षा गरिने बताए।

तत्कालीन महामन्त्री तथा हालको नेतृत्वमा रहेर पनि पार्टीलाई अपेक्षित रूपमा रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने उनले बताए। उनले निर्वाचनमा सहभागी भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसका तर्फबाट धन्यवाद पनि व्यक्त गरे।

विशेष महाधिवेशनमार्फत पार्टी परिवर्तनको सन्देश जनतासम्म पुर्‍याउने प्रयास गरिएको भए पनि त्यसका लागि पर्याप्त समय नपुगेको उनको भनाइ छ। विशेष महाधिवेशन सम्पन्न भएको करिब ५० दिनमै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उनले कांग्रेसको अवस्थालाई ‘इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka