काठमाडौं । काठमाडौं जिल्लाका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित हुने अवस्था देखिएको छ।
हालसम्म ९ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने काठमाडौं–२ मा रास्वपा उम्मेदवार सुनिल केसीको जित लगभग सुनिश्चित भएको छ।
काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना) विजयी भएकी छन्। काठमाडौं–२ मा सुनिल केसीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्मालाई करिब १९ हजार मतले पछि पारेका छन्।
त्यसैगरी काठमाडौं–३ मा राजुनाथ पाण्डे र काठमाडौं–४ मा पुकार बम निर्वाचित भइसकेका छन्। काठमाडौं–५ मा सस्मित पोखरेल र काठमाडौं–६ मा शिशिर खनाल विजयी भएका छन्।
काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भएका छन्।
