Premier Cables
Premier Steel

राजनीति

रवि लामिछाने चितवन २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान ७:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। यससँगै लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका छन्।

बिज्ञापन

त्यसैगरी नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याएका छन्। यस निर्वाचन क्षेत्रमा कुल ८७ हजार २८ सदर मत खसेको छ भने २ हजार ७९६ मत बदर भएको थियो।

लामिछाने यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र २०८० सालको उपनिर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka