Premier Cables
Premier Steel

राष्ट्रिय

परिणाम अप्रत्यासित भए पनि जनादेश स्वीकार्छौं: कांग्रेस

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | राती ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको परिणाम अप्रत्यासित भए पनि त्यसलाई पूर्ण रूपमा स्वीकार गर्दै पार्टीले आत्मसमीक्षा गरेर पुनः अघि बढ्ने बताएका छन्।

निर्वाचन परिणामप्रति प्रतिक्रिया दिँदै चालिसेले समग्र रूपमा हेर्दा कांग्रेसले यस चुनावमा पराजय भोग्नुपरेको उल्लेख गरे। लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीका रूपमा जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्ने उनले बताए।

बिज्ञापन

“समग्र दृष्टिकोणबाट हेर्दा यो चुनावमा हाम्रो पार्टीले पराजयको सामना गर्नुपर्‍यो। लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीको रूपमा हामी जनादेशलाई पूर्ण रूपमा स्वीकार गर्दछौँ। यद्यपि यो नतिजा हाम्रा लागि अप्रत्याशित रह्यो,” चालिसेले भने, “यसका पछाडि विभिन्न कारणहरू हुन सक्छन्, जसलाई हामी गहन रूपमा बुझ्ने प्रयास गर्नेछौँ, आत्मसमीक्षा गर्नेछौँ र आफ्ना कमजोरी सुधार्नेछौँ।”

लोकतन्त्रमा जनताको अभिमत नै शासनको वैधताको मुख्य स्रोत हुने उल्लेख गर्दै उनले वर्तमान जनमत जनताको हितमा प्रयोग हुने विश्वास व्यक्त गरे।

इतिहासमा अनेकौँ उतारचढाव पार गर्दै आएको पार्टी कांग्रेस भएको भन्दै उनले बलिदान र समर्पणको पृष्ठभूमि बोकेको पार्टीका लागि एउटा चुनावको परिणामले लोकतन्त्र र जनताप्रतिको प्रतिबद्धतामा कुनै विचलन नल्याउने बताए।

“हामीले इतिहासमा असंख्य आरोह–अवरोहहरूको सामना गरेका छौँ। बलिदान र समर्पणको पृष्ठभूमिमा एउटा चुनावको परिणामले लोकतन्त्र र जनताप्रतिको हाम्रो समर्पित राजनीतिमा कुनै विचलन ल्याउन सक्दैन,” उनले भने।

चालिसेले पार्टीका कमी–कमजोरीहरूको गहिरो समीक्षा गर्दै जनताको बीचमा पुगेर थप मजबुत आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka