Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

स्थलमार्ग हुँदै लेबनान छिर्यो इजरायली सेना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २०, २०८२  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । जमिनबाट पनि इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाका अनुसार, दक्षिणी लेबनानमा आफ्ना पाँचवटा चौकीहरूबाट अगाडि बढ्दै लेबनानको अझ भित्रसम्म पुगेको छ ।

इजरायलले इरान समर्थित संगठन हिज्बुल्लाहविरुद्ध अभियानको घोषणा गर्दै लेबनानको राजधानी बेरुतमा पनि ठूला हवाई आक्रमणहरू गरेको छ ।

बिज्ञापन

संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय (यूएनएचसीआर)ले मंगलबार भनेको छ, “सोमबारसम्म मात्रै ३१ हजारभन्दा बढी मानिसले शरण स्थलहरूमा आश्रय लिएका छन् ।”

NMB Bank
जेनेभामा पत्रकार सम्मेलन गर्दै यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले भने, “धेरै मानिस दक्षिणी बेरुत छोड्ने क्रममा ट्राफिक जामका कारण सडक किनारमा वा आफ्नै कारहरूमा सुतेका छन् ।”

दक्षिणी लेबनानमा पनि ठूलो संख्यामा ज्यान जोगाउन घरबार छोडेर भागिरहेका मानिसहरूको लर्को देखिएको छ ।

हवाई आक्रमण अघि इजरायलले ५३ भन्दा बढी गाउँहरू खाली गर्न चेतावनी दिएको थियो । यूएनएचसीआरका अनुसार, इजरायलले लेबनानका तीनवटा स्थानहरूमा भीषण हवाई आक्रमण गरिरहेको छ ।

यसैबीच, हिज्बुल्लाहले जवाफी आक्रमणमा इजरायली सेनाका तीनवटा आधार इलाकाहरूलाई निशाना बनाएको दाबी गरेको छ । दक्षिणी लेबनान र दक्षिणी बेरुतको बाहिरी इलाकाहरूलाई हिज्बुल्लाहको गढ मानिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa