Premier Cables
Premier Steel

राष्ट्रिय

निर्वाचन मौन अवधिमा के गर्न पाइँदैन ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण १९, २०८२  | बिहान ९:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले ‘मौन अवधि’ लागू गरेको छ।

मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने यस व्यवस्थाअनुसार सोमबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार पूर्ण रूपमा बन्द गरिएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले जानकारी दिए।

बिज्ञापन

आयोगका अनुसार मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध अवधि कायम रहनेछ। यस अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता तथा सम्बन्धित सबै पक्षले विशेष आचारसंहिता पालना गर्नुपर्नेछ।

निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारका लागि समय निर्धारण गरेको थियो। मतदाताले शान्त र स्वतन्त्र वातावरणमा उम्मेदवार छनोट गर्न सकून् भन्ने उद्देश्यले विश्वव्यापी रूपमा मतदानअघि केही समय प्रचारप्रसार निषेध गर्ने अभ्यास रहेको पनि आयुक्त भण्डारीले स्पष्ट पारे।

प्रचारप्रसार निषेध अवधिमा कुनै पनि प्रकारका चुनावी गतिविधि, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन वा गोष्ठी आयोजना गर्न पाइँदैन। साथै, मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दललाई निर्देशन दिइएको छ।

यसैगरी, राजनीतिक दल तथा उम्मेदवार र तिनका भ्रातृ संगठनले सामाजिक सञ्जालमा राखेका विज्ञापन तथा प्रचार सामग्री पनि हटाउनुपर्नेछ। निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामग्री प्रकाशन वा प्रसारण गरे कारबाही गरिने आयोगले चेतावनी दिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते सम्पन्न हुने तालिका छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa