Premier Cables
Premier Steel

विराटनगर

मोरङ-६ मा कुलमान घिसिङका उमेदवार बुढाथोकीको एमाले उमेदवार ढकाललाई समर्थन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न २:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर – कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

बुढाथोकीले मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा आफू ढकाललाई मात्रै मोरङ–६ का सशक्त उम्मेदवार ठानेको बताए। उनले स्पष्ट पारे, “पार्टीभन्दा माथि उठेर ढकाललाई जिताउन लागेका छौं। मोरङ–६ बाट पटक–पटक निर्वाचित जनप्रतिनिधिले जनताको आवाज सदनमा पर्याप्त रूपमा उठाउन सकेका छैनन् र विकास निर्माणका काम पनि अगाडि बढाउन सकेका छैनन्। अब सदनमा प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने व्यक्ति ढकाल हुन्।”

बिज्ञापन

बुढाथोकीले मोरङ–६ को समग्र हित, स्थिरता र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न ढकाललाई समर्थन गरेको घोषणा गरे। उनले थपे, “सबै एक भएर मोरङ–६ को समृद्धि अगाडि बढाउन ढकाल मात्र उपयुक्त उम्मेदवार हुन्।”

नवीन गिरीका अनुसार, बुढाथोकीको प्रवेश र समर्थनसँगै नयाँ युवाहरूको ऊर्जा विनोद ढकालको पक्षमा थप बलियो हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka