Premier Cables
Premier Steel

कोशी प्रदेश

विनोद ढकाललाई समर्थन गरेको प्रचार गरियो, तर उज्यालो नेपाल पार्टीले भन्यो- उमेदवारी कायमै छ

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | साँझ ४:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। उज्यालो नेपाल पार्टीले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा उमेदवारी कायमै रहेको जनाएको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट यो क्षेत्रमा बसन्त बुढाथोकी उमेदवार छन् ।

उनले आइतबार नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बुढीगंगामा पत्रकार सम्मेलन गरी घोषणा गरेका थिए ।

बिज्ञापन

तर, पार्टीका प्रवक्ता डा. राजु थापाले एक विज्ञप्ति प्रकाशन गरी मोरङ ६ मा उमेदवारी कायमै रहेको जनाएका छन् ।

 

बुढाथोकीले मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा आफू ढकाललाई मात्रै मोरङ–६ का सशक्त उम्मेदवार ठानेको बताएका थिए। पहिलेका उमेदवारले जनताको आवाज सदनमा पर्याप्त रूपमा उठाउन नसकेको अवस्थामा ढकाल नै उपयुक्त रहेको उनले जनाएका थिए । तर, उज्यालो नेपाल पार्टीको प्रस्टोक्तिको विषयमा एमालेले भने केही बताएको छैन् ।

ढकाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बुढीगंगामा पत्रकार सम्मेलन गरी घोषणा गरेका थिए ।

बुढाथोकीले मोरङ–६ को समग्र हित, स्थिरता र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न ढकाललाई समर्थन गरेको घोषणा गरेका थिए।

पार्टीले केही निर्वाचन क्षेत्रहरूमा आफ्नो पार्टीले उम्मेदवारी फिर्ता लिएको भनी सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलिएको सामग्रीको खण्डन गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले मोरङ ६, डोल्पा र अछाम लगायतका क्षेत्रमा उम्मेदवारी छोडेको भन्ने सूचना गलत भएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आसन्न प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले आधिकारिक निर्णय गरी उम्मेदवारी फिर्ता गराउने कुनै पनि निर्णय गरेको छैन ।”

निर्वाचनको मुखमा मतदातालाई अन्योलमा पार्ने गरी आएका यस्ता तथ्यहीन समाचारको पछि नलाग्न पार्टीले शुभेच्छुक तथा मतदाताहरूलाई आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka