Premier Cables

विराटनगर

जिल्ला प्रशासन कार्यालय मोरङका आकस्मिक बाहेकका सेवा दुई दिन बन्द

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न १२:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले यही फागुन १७ र १८ गते आकस्मिक बाहेकका सेवाहरू बन्द हुने जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ सम्पन्न गर्न कर्मचारीहरू निर्वाचनसम्बन्धी काममा खटिनु पर्ने भएकाले ती दुई दिन नियमित सेवा प्रवाह प्रभावित हुने कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो।

विज्ञापन

कार्यालयद्वारा जारी सूचनामा निर्वाचन कार्यमा कर्मचारी खटिनु पर्ने भएकाले उक्त अवधिमा सेवा प्रवाहमा अवरोध आउने उल्लेख गरिएको छ। यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरसहित प्रकाशित सूचनामा निर्वाचन कार्य सम्पन्न भएसँगै सेवा पुनः नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka