Premier Cables
Premier Steel

कोशी प्रदेश

हजार दिनमा झापा ५ को सुकुम्बासी समस्या समाधान गर्ने बालेनको घोषणा

Calendar सोमबार, फाल्गुण ११, २०८२  | अपराह्न १२:२२ बजे

विराटनगर । बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट झापा केन्द्रित बाचापत्र सार्वजनिक गर्दै झापा जिल्ला क्षेत्र नम्बर ५ भित्रको सुकुमवासी समस्या एक हजार दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

उनका अनुसार रास्वपा नेतृत्वमा सरकार गठन भएको १०० दिनभित्र अधिकार सम्पन्न आयोग गठन गरिनेछ र १,००० दिनभित्र भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या न्यायोचित र दिगो ढंगले समाधान गरिनेछ।

अनौपचारिक तथ्यांक अनुसार

झापा ५ मा करिब १२ हजार परिवारका ३,५०० व्यक्ति भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी छन्।

झापा जिल्लाभर ५०,७०० भन्दा बढी यस्तो अवस्थाका नागरिक रहेको अनुमान छ।

झापा ५ अन्तर्गत स्थानीय तहगत विवरण

दमक नगरपालिका – ६,३४६ परिवार

कमल गाउँपालिका – ८१८ परिवार

गौरादह नगरपालिका – २,६६० परिवार

गौरीगञ्ज गाउँपालिका – २,१४६ भन्दा बढी परिवार

बालेनले यी सबै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या रास्वपाको सरकार बनेको १,००० दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka