Premier Cables
Premier Steel

कोशी प्रदेश

झापामा कसलाई भोट दिनुहुन्छ भन्दै सोधे ‘कारवाही’ ! प्रशासनले मिडियालाई गरायो सचेत

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १९, २०८२  | साँझ ७:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गर्दै यसरी सोध्नु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै सोध्न नपाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले आइतबार विज्ञप्ति जारी गर्दै मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको भन्दै रोक लगाउने निर्णय गरेको हो ।

बिज्ञापन

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्दै सोधेर मतदाताको गोपनीयता भंग गरिरहेको जिल्ला प्रशासनले जनाएको छ ।

अब कसैले यसप्रकारको प्रश्न सोधेमा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

‘फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको हुँदा यो सूचना जारी भएपश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka