Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरीमा रास्वपा र कांग्रेस कार्यकर्ताबीच मारपिट

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण ०९, २०८२  | साँझ ४:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा चुनावी कार्यक्रमका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच हिंसात्मक झडप भएको छ।

शनिबार भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा रास्वपाका कार्यकर्ताले अवरोध गरेपछि विवाद सुरु भएको बताइएको छ। बाटोमै दुवै पक्षबीच भनाभन चर्किँदै जाँदा स्थिति झडपतर्फ उन्मुख भएको थियो।

बिज्ञापन

केही समयमै कार्यकर्ताबीच हात हालाहाल र कुटाकुट भएपछि अवस्था नियन्त्रण बाहिर जान थालेको थियो। परिस्थिति असामान्य बन्दै गएपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरीले लाठीचार्ज गरी भीड तितरबितर पारेको जनाएको छ।

सुनसरीका प्रहरी उपरीक्षक केशव थेवेका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताबीच विवाद बढ्दै झडपमा परिणत भएको हो। “छिमेकी नै रहेका दुई फरक राजनीतिक दलका कार्यकर्ताबीच सामान्य विवाद चर्किँदै गएपछि झडपको अवस्था आयो। त्यसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको हो,” उनले बताए।

घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चुनावी प्रतिस्पर्धाको सन्दर्भमा दलहरूबीच तनाव बढिरहेको विश्लेषण भइरहेका बेला उक्त घटनाले थप चासो बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka