Premier Cables

राष्ट्रिय

रास्वपा दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | राती ८:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३ को तुलसीपुरस्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ। शुक्रबार साँझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले कार्यालयमा तोडफोड गरेको बताइएको छ।

रास्वपा क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीका अनुसार पार्टी कार्यालयमा क्षति पुगेको छ। उनले अनलाइनखबरसँग कुरा गर्दै घटनाबारे जानकारी लिँदै रहेको बताए।

विज्ञापन

‘पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ उनले भने, ‘कसले र किन गरेको हो भन्ने विषयमा बुझ्दैछु।’

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा केही युवाहरूले एमाले र युवा संघको नारा लगाउँदै कार्यालयमा तोडफोड गरेको देखिन्छ।

यसअघि बिहीबार राति रास्वपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजना गरिएको स्वागत कार्यक्रममा भीडका बीच केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka