Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको जेबी ट्रान्सपोर्टमा सात लाखभन्दा बढी मूल्यका लत्ताकपडा बरामद

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | साँझ ४:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

विराटनगर । मोरङ प्रहरीले बिलबिजकमा कम मूल्याङ्कन गरिएको तथा भिसिटिएस बिलसमेत नभएको लत्ताकपडा बरामद गरेको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार फागुन ८ गते बिहान करिब ११ बजे विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित जेबी ट्रान्सपोर्टमा अवैध रूपमा लत्ताकपडा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीले सेतो प्लास्टिकका बोरामा प्याक गरेर राखिएका २० वटा पोकाबाट अन्दाजी ७ लाख ३० हजार रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरेको जनाएको छ। ती सामानको बिलबिजकमा कम मूल्याङ्कन गरिएको र बिल नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरी पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka