Premier Cables

कोशी प्रदेश

फेसबुके पार्टीले विकास गर्न सक्दैनः लालबाबु पण्डित

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०८, २०८२  | साँझ ४:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान निर्वाचन जनतामाथि जबर्जस्ती थोपारिएको टिप्पणी गरेका छन्। शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनका अनुसार देशमा निर्वाचनको माहोल अपेक्षाकृत तातिन सकेको छैन। “निर्वाचन जनतामाथि थुपारिएको अवस्था छ, नचाहेर पनि निर्वाचनमा जानुपरेको अवस्था बनेको छ,” उनले भने, “चिन्ता र असन्तुष्टि भए पनि जनताले आफ्नो मताधिकार प्रयोग गर्ने विषयमा भने दुईमत छैन।”

विज्ञापन

राजनीतिक परिवेशमा अझै आशंका कायमै रहेको उल्लेख गर्दै उनले दलहरू भने घरदैलो अभियानमार्फत मतदातासँग भेटघाटमा सक्रिय रहेको बताए। एमालेका तर्फबाट मोरङ–६ का हरेक घरमा पुग्ने प्रयास भइरहेको उनको भनाइ छ।

यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गर्दै त्यसलाई ‘फेसबुके पार्टी’को संज्ञा दिए। सामाजिक सञ्जालमा आधारित प्रचार र असन्तुष्टिको भावनालाई मात्र बोकेको शक्तिले देश निर्माण गर्न नसक्ने उनको दाबी थियो।

“भएको उपलब्धि नदेख्ने, सबै कुरा नकार्ने र सपनामात्र देखाउने प्रवृत्तिले देश बन्दैन,” उनले भने, “जनताको सुखदुःखमा सँगै रहेर व्यवहारमा काम गर्ने शक्तिले मात्र देश निर्माण गर्न सक्छ।”

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka