Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ-२ मा पुराना दलको सक्रियता, रास्वपा बालेनकै भरोसामा

रास्वपाको सम्पर्क र चुनावी प्रचार कार्यालय नै खुलेनन्

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण ०७, २०८२  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं २ को डायनिया बजारमा सबै राजनीतिक दलका निर्वाचन क्षेत्रीय समितिका कार्यालय छन् ।

बाटो दक्षिणतिर कांग्रेस र त्यसको ठ्याक्कै उत्तरपट्टी रास्वपाको कार्यालय छ । एमाले र नेकपाको कार्यालय आसपासमै खोलिएका छन् । ती कार्यालयमा कार्यकर्ताको भिडभाड देखिन्छ ।

बिज्ञापन

सोमबारदेखि राजनीतिक दलको चुनावी प्रचार अभियान शुरु भएको छ । धेरै उमेदवारहरु कोणसभा र घरदैलोमा व्यस्त छन् । अपरान्ह रास्वपा कार्यालयमा क्षेत्रीय समितिका पदाधिकारीसहित नगर समितिका पदाधिकारी तथा कार्यकर्ताहरु एउटा छलफलमा सहभागी थिए ।

उनीहरु अन्य दलको भन्दा फरक चुनावी रणनीतिको तयारी गरिरहेका थिए । त्यत्तिकैमा सुनवर्षी नगरपालिकाका रास्वपा कार्यबाहक सभापति चन्द्र पाण्डेले आफ्ना कुरा राख्न शुरु गरे । ‘‘हामीले ग्रामीण भेगमा एउटा सम्पर्क कार्यालय खोल्न सकेका छैनौं, कुर्सी छैनन् टेन्ट छैन कसरी चुनावी अभियान चलाउने,’’ उनले भने,‘‘यसरी त गाह्रो भयो कम्तिमा कार्यकर्ता र समर्थकहरु आएर बस्ने ठाउँ चाहियो । उमेदवार कता हुनुहुन्छ, के गरिरहनु भएको छ ? हामीलाई सोध्छन् तर हामीले के भन्ने ?’’ पाण्डेले घरदैलो र गाउँस्तरीय सभा आयोजना गर्न पनि सम्पर्क कार्यालयहरु चाहिने माग गरे ।

रास्वपाकी स्थानीय नेतृ कमलादेवी दासको पनि त्यस्तै गुनासो थियो । रास्वपाका समर्थक र कार्यकर्ता आएर बस्ने ठाउँ नहुँदा चुनावी अभियानमा कठिनाई भईरहेको बताइन । उनले भनिन्,‘‘कम्तिमा उमेदवार आएर बस्ने र भेटघाट गर्ने ठाउँ त चाहियो नी ।’’

सामाजिक सञ्जालमा निकै चर्चामा रहेको र धेरै लाइक्स तथा कमेन्ट पाउने गरेको नयाँ दल रास्वपाको ग्रामीण भेगहरुमा कार्यालयसहिको उपस्थिति भने हुन नसकेको कार्यकर्ताले नै गुनासो गरिरहेका छन् । मोरङ क्षेत्र नम्बर २ मा पनि रास्वपाको त्यस्तै अवस्थाबारे डायनियाको छलफलमा स्थानीय नेतृत्वले क्षेत्रीय समितिको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा पार्टीका जिल्ला सदस्य दुर्गाप्रसाद रेग्मीले सम्पर्क कार्यालय र व्यवस्थापानबारे काम अघि बढाउने तयारी रहेको भन्दै नेतृत्वलाई सम्झाउने प्रयास गरे । उनले भने,‘‘हामीले यसको व्यवस्थापनको लागि सहयोग गर्नेहरुबाट समेत व्यवस्थापन गर्ने र त्यो हुन नसके माथिबाट सहयोग लिने योजना बनाएका छौं ।’’

उनले आफूहरु फरक ढंगले अघि बढ्न मतदाता शिक्षा लिएर गाउँटोल छिर्नुपर्ने बताए । उनले पार्टीका वरिष्ठ नेता ‘बालेन्द्र शाह ‘बालेन्द्र’ लाई मुख्य चोकमा ल्याएर १० मिनेट मात्र घुमाउन सकियो भने त्यसको ठूलो काम गर्ने’ भन्दै नेतृत्व र कार्यकर्तालाई सम्झाउने प्रयास गरिरहेका थिए ।

मोरङ २ मा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, एमालेबाट दिलिप बगडिया, नेकपाबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्ण कार्की मुख्य प्रतिस्पर्धी उमेदवार छन् । रास्वपाबाहेकका पार्टीहरुले यो क्षेत्रका सबै ठाउँमा आफ्नो क्षेत्रीय, नगर, गाउँ र चुनावी प्रचार समितिको कार्यालय खोलिसकेका छन् । एमाले उमेदवार बगडियाले भने,‘‘क्षेत्रीय, नगर र गाउँस्तरीय प्रचार समितिबाट नै हामी चुनावी प्रचार तथा घरदैलो अभियान संचालन गरिरहेका छौं ।’’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

विद्युत् महसुलमा भ्याट: आम उपभोक्ताको भान्छादेखि दैनिक खर्च बढ्ने चिन्ता

Clock Iconसोमबार, जेठ १८, २०८३

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka