Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

सलमान खानका बुवाको भेन्टिलेटरमा राखेर उपचार हुँदै

Calendar बुधबार, फाल्गुण ०६, २०८२  | अपराह्न १:५६ बजे

काठमाडौं । बलिउडका दिग्गज लेखक सलीम खान अस्पताल भर्ना भएका छन् । अभिनेता सलमान खानका बुवासमेत रहेका सलीम मंगलबार मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका हुन् ।

चिकित्सकले उनको अवस्था स्थिर रहेको बताएका छन् । यद्यपि, हिजो राति अबेर सलीमलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको बताइएको छ ।

सलमान गएराति राति अबेर अस्पताल पुगेका थिए । जावेद अख्तरले आज बिहान अस्पताल पुगेर सलीमलाई भेटेका थिए । सलीमलाई भेटेपछि उनी निकै चिन्तित देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सलीमको शल्यक्रियाको तयारी भइरहेको समाचारमा उल्लेख छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka