Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ २७, २०८२  | बिहान १०:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् ।

मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

बिज्ञापन

सभापति थापाले भने, तपाइहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइराला दाईलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु।

सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरे।

‘कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला। उनले भने, ‘मैले तपाइहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौ, कांग्रेस बदलिएर आएको छ। ‘

उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्नु पर्ने पनि बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka