Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इस्लामाबादको शिया मस्जिदमा आत्मघाती विस्फोट: ३१ को मृत्यु, १६९ घाइते

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ २४, २०८२  | बिहान ११:२९ बजे
Hamro Biratnagar Headlines

पाकिस्तान । पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक शिया मुस्लिम मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्।

शुक्रबार तरलाई क्षेत्रमा रहेको इमामबारगाह खदिजतुल कुबरामा नमाज चलिरहेको बेला आत्मघाती विस्फोट भएको हो। घटनामा सुरक्षाकर्मीहरू समेत घाइते भएका छन्। बीबीसीका अनुसार आक्रमणमा तीन जनाको संलग्नता रहेको आशंका गरिएको छ।

बिज्ञापन

यो आक्रमण सन् २०२३ जनवरीयता पाकिस्तानमा भएको सबैभन्दा घातक मानिएको छ। त्यसअघि उत्तर–पश्चिमी शहर पेशावरको एक मस्जिदमा भएको विस्फोटमा एक सयभन्दा बढी मानिसको ज्यान गएको थियो।

अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार विस्फोटका बेला मस्जिदभित्र ४०० भन्दा बढी नमाजीहरू उपस्थित थिए। प्रत्यक्षदर्शी ४७ वर्षीय सैयद अमीर हुसेन शाहले सीएनएनसँग भने, “नमाज सुरु भएकै बेला गोली चलेको आवाज आयो। केही क्षणमै ठूलो विस्फोट भयो। म पनि त्यसमा घाइते भएँ।”

घटनापछि सार्वजनिक भएका तस्बिरहरूमा मस्जिद परिसरमा रगतले लतपतिएका शव, फुटेका सिसा र भग्नावशेष देखिएका छन्। इस्लामाबादस्थित पीआईएमएस अस्पतालमा घाइते काकालाई भेट्न पुगेका २४ वर्षीय शोएबले भने, “यो मेरो जीवनकै सबैभन्दा डरलाग्दो दृश्य थियो। नमाजकै बीच गोलीको आवाज आयो र केही सेकेन्डपछि कान ठप्प पार्ने विस्फोट भयो। मानिसहरू ज्यान जोगाउन बाहिर दौडिए, कतिले घाइतेलाई अस्पताल पुर्‍याए। मेरो काकाको खुट्टामा चोट लागेको छ।”

आक्रमणपछि इस्लामाबादस्थित अमेरिकी दूतावासले घटनाको कडा निन्दा गर्दै नागरिक र धार्मिक स्थलमाथिको हिंसा अस्वीकार्य भएको जनाएको छ। “पाकिस्तानका नागरिकहरूले भयमुक्त रूपमा आफ्नो आस्था अभ्यास गर्न पाउनुपर्छ,” दूतावासको भनाइ छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले निर्दोष नागरिकमाथि भएको आक्रमणलाई मानवताविरुद्धको अपराध भनेका छन्। अफगानिस्तानको विदेश मन्त्रालयले पनि मस्जिद र धार्मिक आस्थामाथिको आक्रमण इस्लामी तथा मानवीय मूल्यविरुद्ध भएको प्रतिक्रिया दिएको छ।

प्रधानमन्त्री शहबाज शरीफले गृहमन्त्री मोहसिन नकवीलाई घटनाको निष्पक्ष र तीव्र छानबिन गर्न निर्देशन दिएका छन् र दोषीमाथि कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि गत नोभेम्बरमा इस्लामाबादमै भएको बम विस्फोटमा १२ जनाको मृत्यु भएको थियो, जसलाई पछिल्ला करिब दुई दशकयताकै ठूलो आत्मघाती आक्रमणमध्ये एक मानिएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka