Premier Cables
Premier Steel

विराटनगर

डिग्री पढेका पनि निर्वाचन प्रहरीमा

Calendar सोमबार, माघ १९, २०८२  | अपराह्न १:३१ बजे

काठमाडौं । निर्वाचन प्रहरीमा डिग्री होल्डर ९स्नातकोत्तर उत्तीर्ण० पनि भर्ना भएका छन् ।

नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ ।

बिज्ञापन

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ देखि उनीहरूको १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक व्यायाम, सलामी दिने अभ्यास र सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता विषयमा प्रशिक्षण दिइन्छ ।

काठमाडौंमा मात्रै ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् । तीमध्ये डिग्री ६ जना स्नातकोत्तर उत्तीर्णहरु रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । यसैगरी ३५ जना स्नातक उत्तीर्ण छन् ।

देशभरबाट कति स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरु भर्ना भएका छन् भन्ने विवरण भने संकलन भइरहेको छ । डीआईजी काफ्ले भने, ‘स्नातकोत्तर उत्तीर्ण पनि भर्ना भएका छन्, तर सम्पूर्ण विवरण आउन बाँकी भएकाले संख्या पक्का गर्न केही समय लाग्नेछ ।’

यो पटकको निर्वाचनका लागि कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिने तयारीमा छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka