Premier Cables
Premier Steel

विराटनगर

किराँत याक्थुङ चुम्लुङ महानगरमा पुनः टिकाप्रसाद लिम्बू

Calendar सोमबार, माघ १९, २०८२  | बिहान ९:४८ बजे

विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बू चयन भएका छन् ।

विराटनगरमा शनिबार चुम्लुङको सातौं नगर अधिवेशनबाट लिम्बू दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिज्ञापन

अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा शरणकुमार याक्सो र दुर्गाप्रसाद (नरेश ) तुम्रोक चयन भएका छन् । सचिवमा लक्ष्मी मेन्याङ्बो, सह-सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा चुडामणि योेक्पाङदेन तथा सह-कोषाध्यक्षमा धर्मादेवी सेवाङ्ग रहेका छन् । सदस्यहरूमा करण बोखिम, सुशीला थलङ, तीर्थ लिम्बू, डम्बर होक्पाचोङवाङ, सरिता लिम्बू, किरण तुम्रोक, तारा तुम्रोक, गौरी तुम्बाहाम्फे, मङ्गलसिंह चेम्जोङ, तुलमाया सम्बाहम्फे,भली सुब्बा,मनकुमारी थक्लुङ,धर्मा होक्पाजोवाङ र विकास इजम लगायतलाई अधिवेशनले सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश साह तथा चुम्लुङका पूर्वअध्यक्ष मनोज सुब्बाले गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेससिंह गनगाइ लगायत विभिन्न जातिय संघठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

अधिवेशनले किरात याक्थुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka