विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कोशी प्रदेश सभा सदस्य जीवन आचार्यका विश्वास पात्र विवेक कर्णले उनको साथ छाडेका छन् ।
आचार्यलाई विभिन्न राजनीतिक गतिविधिमा सहयोग गर्दै आएका कर्णको स्थानीयस्तर सहित मोरङको ग्रामथान गाउँपालिकामा राम्रो पकड रहेको बताइन्छ ।
यसको पुष्टि कर्णले सामाजिक सञ्जालमार्फत पनि गरेका छन् । उनले आफू कहिले पनि कुनै राजनीतिक पार्टीमा सक्रिय भएर नलागेको तर पछिल्लो समय साथीभाईको संगतको कारण काम गर्ने मौका पाएको उल्लेख गरेका छन् ।
हाल आफ्नो उमेर र स्वास्थ्य अवस्थाको कारण देखाउँदै जीवनको साथ छाडेका छन् । साथै उनले प्रत्यक्ष राजनीतिमा संलग्नता नरहेको जनाएका छन् ।
विराटनगरका व्यवसायी कर्णले आफ्नो स्टाटसको अन्त्यमा जय नेपाल भन्दै सम्बोधन गरेका छन् । उनको अन्तिमको सम्बोधन जय नेपालले अबको राजनीतिक यात्रा नेपाली कांग्रेसतिर ढल्कने देखिन्छ ।
