Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश: नेकपाबाट मन्त्री छान्ने जिम्मा प्रदेश कमिटीलाई

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २८, २०८३  | साँझ ५:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको चयन गर्ने पूर्ण जिम्मेवारी आफ्नै प्रदेश कमिटीलाई दिएको छ।

प्रदेश सरकार गठन तथा मन्त्री चयनबारे पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न काठमाडौँ पुगेको टोलीलाई केन्द्रले सन्तुलन मिलाएर प्रदेश तहबाटै निर्णय लिन निर्देशन दिएको हो।
नेकपा कोशी प्रदेशका इन्चार्ज राजेन्द्रकुमार राई र संयोजक हर्कबहादुर नेम्वाङ (मिक्सो) सहितको टोलीले काठमाडौँमा पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालसँग परामर्श गरेको थियो।

बिज्ञापन

छलफलबारे जानकारी दिँदै प्रदेश संयोजक नेम्वाङले भन्नुभयो, “हामीले प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्यौँ। नेतृत्वबाट नयाँ र पुराना अनुहार मिलाएर मन्त्री चयन गर्न निर्देशन प्राप्त भएको छ।”

त्यस्तै, नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेश इन्चार्ज, संयोजक र संसदीय दलका नेता बसेर मन्त्री छनोट गर्ने औपचारिक निर्णय पार्टीले गरेको छ।

एमाले र नेकपाबिच ४–४ मन्त्रालयमा सहमति नजिक
कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरू बाहिरिएसँगै नेकपा सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ। दुई दलका बिचमा मन्त्रालय बाँडफाँटबारे छलफल तीव्र बनेको छ।

संसदीय दलका नेता आङ्बोका अनुसार मुख्यमन्त्रीसहित एमालेले ५ र नेकपाले ४ वटा मन्त्रालय लिने विषयमा करिब सहमति जुटिसकेको छ। एमालेभित्र शीर्ष नेताहरूसँग थप परामर्श बाँकी रहेकाले औपचारिक निर्णय केही समय रोकिएको बताइएको छ।

कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कुल ९ वटा मन्त्रालय रहेका छन्। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग-कृषि र पर्यटन मन्त्रालय खाली भएका छन्। अब बस्ने संयुक्त बैठकले रिक्त मन्त्रालयहरूको बाँडफाँटलाई अन्तिम रूप दिने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa