सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार भगवती चौधरीले युवामैत्री घोषणापत्र ल्याउने प्रतिबद्धता जनाएकी छिन्नु ।
युवामैत्री घोषणापत्र तयार पार्न उहाँले सुनसरी–३ का युवासँग निरन्तर परामर्श गरिरहेकी छिन् । सुझाव संकलनका लागि सामाजिक सञ्जालमार्फत आह्वानसमेत गरेकी छिन ।
आधुनिक सूचना प्रविधिमार्फत युवालाई दक्ष बनाउँदै घरमै बसेर स्वरोजगार सिर्जना गर्न सकिने योजनासहित आफू अघि बढेको नेतृ चौधरीले बताइन । उनले “डिजिटल सीप, घरमै रोजगारी” भन्ने नारा अघि सारेकी छिन् ।
युवालाई विदेश पलायन होइन, प्रविधि सिकाएर गाउँमै रोक्ने रणनीति रहेको उल्लेख गर्दै चौधरीले युवाकै आवश्यकता, माग र चाहनाअनुसार कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरिन ।
सुनसरी-३ बाट अघिल्लो निर्वाचनमा भगवती चौधरी नेपाली कांग्रेसका विजय कुमार गच्छेदारलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो। उहाँले गच्छेदारभन्दा ५ हजार १ सय ८८ धेरै मत प्राप्त गर्नुभएको थियो।
