Premier Cables
Premier Steel

कोशी प्रदेश

मनोनयन दर्ताका क्रममा धरानमा एमालेका उमेदवारबीच कुटाकुट

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १२, २०८२  | अपराह्न १:३३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । एमाले सुनसरी क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि मनोनयन दर्ता गर्नेक्रममा एउटै पार्टीभित्रका दुई समूहबीच विवाद बढ्दै गएपछि झडप भएको छ।

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरी जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि एमालेकै अर्को समूहले आक्रमण गरेको आरोप छ। कुटपिटबाट घाइते भएका राजधामीले अनुहारमा चोट लागेर अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको बताए।

बिज्ञापन

उनका अनुसार, “मेरो अनुहार सुन्निएको छ, चिकित्सकले ग्रन्थीमै चोट लागेको भन्नु भएको छ। भिडियो एक्स–रेपछि सिटी–स्क्यान गर्ने तयारी भइरहेको छ। म अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छु।”

राजधामीको भनाइअनुसार, बिहीबार बेलुका एमाले धरान कार्यालय नजिकै युवा संघ कोशी इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राईसहितको समूहले उनलाई कुटपिट गरेको हो। घटनापछि उनलाई तत्कालै विजयपुर अस्पताल पुर्याइएको र शुक्रबार थप उपचारका लागि बीपी प्रतिष्ठान ल्याइएको उनले बताए।

युवातर्फबाट मनोनयन दर्ता गराएपछि आफूलाई फिर्ता लिन दवाब दिइएको र नमान्दा आक्रमण भएको राजधामीको दाबी छ। राजधामी र दिवस राई दुवैले महाधिवेशनका लागि युवातर्फ प्रतिनिधि मनोनयन दिएका थिए।

यस घटनाबारे एमाले धरान उपमहानगर कमिटीका सचिव योगेशबाबु काफ्लेले मनोनयन प्रक्रियाका क्रममा विवाद भएको स्वीकार गर्दै दुवै पक्षबीच मिलापत्र भइसकेको जानकारी दिए। “उहाँहरूले मिलापत्र गरिसक्नु भएको छ,” काफ्लेले भने।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka